अफगानिस्तानमा कार बम विस्फोट

अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मंगलबार भएको विस्फोटमा डेपुटी गभर्नरसहित दुईजनाको मृत्यु भएको छ।

अन्य छजना घाइते भएका छन्।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीका अनुसार फैजाबाद सहरमा भएको विस्फोटमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुईजनाको मृत्यु भएको छ।

अन्य ६ जना घाइते भएका छन्। घाइते सबैलाई अस्पताल लगिएको छ।

स्थानीय समय अनुसार बिहान सवा आठ बजे फैजाबाद सहरको चराही महकामा क्षेत्रमा कार बम विस्फोट भएको हो।

घातक हमलाको जिम्मेवारी लिने कुनै समूहको बारेमा जानकारी सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *