एयरपोर्टको अव्यवस्थित पार्किङ हट्यो

काठमाडौं महानगरपालिका वडा नम्बर–९ स्थित एयरपोर्ट क्षेत्रमा हुँदै आएको अव्यवस्थित पार्किङ हटेको छ ।

यो क्षेत्रमा ट्याक्सी र मोटरसाइकलले सडक नै अस्तव्यस्त पारेको भन्दै महानगरले पार्किङ निषेध गरेको हो ।

विमानस्थलको बाहिर गेटआसपासका होटेल तथा खाजाघरले बाहिर सडक तथा खुला ठाउँमा पार्किङ गरेको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका थिए ।

उक्त गुनासोको सम्बोधन गर्ने त्यस क्षेत्रमा पार्किङ गरेको महानगरले जनाएको छ।

खाली ठाउँमा रूखबिरुवा रोप्ने र सडकपेटी तथा किनारलाई खुला गर्ने योजनाअनुसार अव्यवस्थित पार्किङ हटाएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार एयरपोर्ट, सिनामंगल र सञ्चारग्राम क्षेत्रमा होटेलहरूलाई आ–आफ्नै पार्किङको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

‘उपत्यकाभित्र रहेका सार्वजनिक ठाउँलाई हामीले व्यवस्थित बनाउँछौं, सडकमा अवरोध गर्ने, आफ्नो फाइदाका लागि बटुवालाई हिँड्डुल गर्न असहज बनाउने पार्किङहरू हटाएका छौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *