विद्युतीय कारमा प्रयोग हुने एलएफपी ब्याट्री

विद्युतीय सवारीको सबैभन्दा महत्वपूर्ण पक्ष ब्याट्री हो। ब्याट्रीको लागतकै कार विद्युतीय कार महँगो पर्ने गरेको छ।

पछिल्लो एक दशकमा विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको प्रविधिमा गुणात्मक परिवर्तन भइसकेको छ।

विद्युतीय सवारीको ब्याट्री निक्कै संवेदनशिल पाटोका रुपमा रहने गरेको छ।

ब्याट्रीका केही प्रविधि मध्ये एलएफपी (लिथियम आइरन फोसफेट) सबैभन्दा चल्तीको प्रविधि हो।

धेरै जसो विद्युतीय कार उत्पादकको रोजाइमा एलएफपी ब्याट्री नै पर्ने गरेको छ।

स्ट्यान्डर्ड रेन्जसहितको विद्युतीय कारका लागि पनि एलएफपी ब्याट्री उल्लेख्य रोजाइमा रहेको छ।

टेस्ला, फोर्डलगायत ठूला विद्युतीय कार उत्पादकहरुले एलएफपी ब्याट्री नै प्रयोग गरेर कार उत्पादन गरिरहेका छन्।

एलएफपी ब्याट्रीका धेरै फाइदाहरु रहेका छन्। यहाँ भिजुअल क्यापिटालिस्टले एलएफपी ब्याट्रीको महत्वपूर्ण ४ वटा फाइदाका बारेमा उल्लेख गरेको छ।

यी हुन् एलएफपी ब्याट्रीका फाइदाहरु :

  • सुरक्षा

  • लामो लाइफ साइकल

  • कस्ट-इफेक्सटिभ

  • वातावरणीय रुपमा दीर्घकालिन

एलएफपी ब्याट्रीमा क्याथोड ४३ प्रतिशत, एनोड ३१ प्रतिशत, इलेक्ट्रिोलाइट २० प्रतिशत, सेल कन्टेनर ४ प्रतिशत र सेपरेटर २ प्रतिशत प्रयोग गरिएको हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *