Skip to content
तत्काल केही दिन देखि नेपालमा निकै गर्मी बढेको छ ।
यसले गर्दा सामान्य जनताहरुलाई त असर परेकै छ ।
सवारीचालकहरु पनि निकै समस्यामा परेका छन् ।
काम गर्न ओहोरदोहोर गर्नुपर्ने मोटरसाईकल चालकहरुलाई गर्मीले अति नै पीडा दिएको छ ।
त्यसमाथि काठमाडौँ उपत्यकामा त प्रदूषण पनि निकै बढेको छ ।
प्रदूषण पनि मोटरसाईकल चालकहरुको लागि एउटा ठूलो समस्या बनेको छ ।
उपत्यकाभरि अव्यवस्थित सडकहरु, धुवाँधुलो र ट्रकहरुले फाल्ने धुवाँका कारण मोटरसाईकल चालकहरु दिक्क भईसकेका छन् ।
सरकारको यस समस्याहरु प्रति ध्यानाकर्षण जाओस् ।
Post Views: 226