Skip to content
पेट्रोलियम सवारीको विकल्पका रुपमा दरिएर उभिएको विद्युतीय सवारीको प्रयोग र उत्पादन बढदो क्रममा छ।
संसारले प्रदूषण शून्य सवारीलाई प्राथमिकता दिनमात्र नभइ भविष्यको सवारीसाधनका रुपमा ग्रहण नै गरिसक्यो।
विश्वभरका ठूल्ठूला सवारी उत्पादकले विद्युतीय सवारी उत्पादनको क्षेत्रमा खर्बौं डलर लगानी गरिरहेका र गर्दैछन्।
छिमेकी मुलुक भारतले पनि विद्युतीय सवारी उत्पादनलाई नै प्राथमिकता दिएको छ।
भारतीय र अन्य देशमा सवारी उत्पादक कम्पनीले समग्रमा भारतमा १० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने भएका छन्।
यो लगानी सबै कम्पनीले गरेको घोषणाको योग हो र सो लगानी २०३० सम्ममा भारतमा हुने ईटीआईजीले गरेको डेटा योगबाट देखिएको हो।
सरकारको ध्यान अब इन्टरनल कम्बस्चन इन्जिनबाट ईभीतर्फ गइरहेको छ।
Post Views: 207