काठमाडौं : विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो बृहत् साइकल र्याली सम्पन्न गरेको छ।
हिजो जेठ २० गते शनिवार बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल र्याली २०८०’ सुरु गरेको थियो।
सो दिन बिहान ७ बजेदेखि सांग्रिला बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय अगाडिबाट कार्यक्रमको सुरुवात भएको थियो।
र्यालीले शहरका मुख्य भागको परिक्रमा गरेको थियो र एक घण्टापछि सानो गौचरणको चौरमा गएर समाप्त भएको थियो।
सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो वर्ष गरेको साइकल र्यालीमा बैंकका कर्मचारी मात्र सहभागी थिए। तर, यो पटक भने विभिन्न क्षेत्रका ३०० भन्दा बढी कर्मचारीहरु सहभागी भएका थिए।
बैंकले विकास बैंकको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरेको थियो।