बीवाइडीको ब्याट्री व्यवस्थापनमा प्रतिबद्धता

काठमाडौं : सरकारले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेट मार्फत नै केही बोलेको छ ।

त्यसलाई हामी बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले सकारात्मक रुपमा लिएका छौं ।

नविन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्ने हामीले समाज र राष्ट्र प्रति सधैं उत्तरदायी भएर काम गर्दै आएका छौं । भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्न हामी प्रतिबद्ध छौं ।

विद्युतीय साधनको सबैभन्दा चुनौति पूर्ण मानिएको ब्याट्री ब्यवस्थापना गर्न हामी निरन्तर लागि रहेका छौं । सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित ब्यवस्थापनको कयौं तरिका छन् ।

पावर ब्याकअप गर्ने देखि पूर्ण रुपमा ड्रेन भएको ब्याट्री रि-साइकलको लागि बाहिर पठाउने विषयमा हामीले सम्पूर्ण तयारी गरेर बसेका छौं ।

हामी हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम छौं । साथै, प्रतिवद्धता ब्यक्त गर्दछौं ।

यसले भविष्यमा हुन सक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने हाम्रो विश्वास छ ।

त्यसैले हामी बीवाइडीका सम्पूर्ण ग्राहकलाई ढुक्क भएर हाम्रा उत्पादनको प्रयोग गर्न आग्रह गर्दछौं ।

साइमेक्स इंकले विगतदेखि नै ब्याट्री मेनेजमेन्ट सिस्टमलाई दुरुस्त बनाउने काम गर्दै आएको यहाँहरुलाई जानकारी गराउँछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *