Skip to content
संयुक्त राष्ट्र संघको सातौँ सडक सुरक्षा सप्ताह ( मे १५ – २१ ) अन्तरगत आज नेपालमा समेत अन्तरक्रियात्मक कार्यक्रमको बीच शुरुवात गरिएको छ ।
नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको संयोजन र नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा आज काठमाडौँमा सप्ताहव्यापी कार्यक्रमको घोषणा गरि प्रतिनिधि सभा सदस्य मा . योगेश भट्टराई , नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा एलायन्सकी उपाध्यक्ष रंगमती शाही , भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन जङ्ग थापाले सो साप्ताहिक कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
त्यसैगरि इन्टरमोडल यातायात विकास समितिका कार्यक्रम निर्देशक आशिष गजुरेल , नासा नेपालका केन्द्रिय सदस्य चादंमाला मास्के र बिनोद तन्डुकर तथा रोड सेफ्टी अनुसन्धानकर्ता डा . पुष्पराज पन्त , डा . भगवती सेढाइ , डा . समन अर्याल , अटो नेपाल, पत्रिकाको प्रकाशक रोशनकुमार श्रेष्ठ लगायत गजेन्द्र बुढाथोकी लगायत समेत सुभारम्भ कार्यक्रममा आ – आफ्नो धारणा राख्नु भयो ।
इन्जिनियरीङ , चिकित्सा शास्त्रका प्राध्यापक तथा विद्यार्थी , मोटर साइकल राइडर्स तथा मिडियाकर्मीका बीच विश्वव्यापी अभियानको पोस्टर सार्वजनिक गरि सो अभियान शुरु गरिएको हो ।
गतिशीलता पुन : विचार मूल नारा रहेको यस पटकको सडक सुरक्षा सप्ताहको मूल थिममा विभिन्न बिज्ञहरुका विचमा अन्तरक्रियात्मक उक्त कार्यक्रमका बक्ताहरुले आधुनिक नेपालको सडक पूर्वाधारको दिगो यातायात वारेमा धारणा राख्नुभयो ।
खासगरि डबल र सुरक्षित हेल्मेट , सडक सुरक्षा काउन्सिल बिधेयक , नेशनल एक्शन प्लान तथा सार्वजनिक यातायात र साइक्लिंग र पैदल यात्रु सुरक्षाको वारेमा विभिन्न वक्ताहरुले धारणा राख्नुभएको थियो ।
Post Views: 367
Post navigation