सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

संयुक्त राष्ट्र संघको सातौँ सडक सुरक्षा सप्ताह (मे १५२१) अन्तरगत आज नेपालमा समेत अन्तरक्रियात्मक कार्यक्रमको बीच शुरुवात गरिएको

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको संयोजन नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा आज काठमाडौँमा सप्ताहव्यापी कार्यक्रमको घोषणा गरि प्रतिनिधि सभा सदस्य मा. योगेश भट्टराई, नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा एलायन्सकी उपाध्यक्ष रंगमती शाही, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन जङ्ग थापाले सो साप्ताहिक कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो  

त्यसैगरि इन्टरमोडल यातायात विकास समितिका कार्यक्रम निर्देशक आशिष गजुरेल, नासा नेपालका केन्द्रिय सदस्य चादंमाला मास्के बिनोद तन्डुकर तथा रोड सेफ्टी अनुसन्धानकर्ता डा. पुष्पराज पन्त, डा. भगवती सेढाइ, डा. समन अर्याल, अटो नेपाल, पत्रिकाको प्रकाशक रोशनकुमार श्रेष्ठ लगायत गजेन्द्र बुढाथोकी लगायत समेत सुभारम्भ कार्यक्रममा आफ्नो धारणा राख्नु भयो

इन्जिनियरीङ, चिकित्सा शास्त्रका प्राध्यापक तथा विद्यार्थी, मोटरसाइकल राइडर्स तथा मिडियाकर्मीका बीच विश्वव्यापी अभियानको पोस्टर सार्वजनिक गरि सो अभियान शुरु गरिएको हो  

गतिशीलता पुन: विचार  मूल नारा रहेको यस पटकको सडक सुरक्षा सप्ताहको मूल थिममा विभिन्न बिज्ञहरुका विचमा अन्तरक्रियात्मक उक्त कार्यक्रमका बक्ताहरुले आधुनिक नेपालको सडक पूर्वाधारको दिगो यातायात वारेमा धारणा राख्नुभयो

खासगरि डबल सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल बिधेयक, नेशनल एक्शन प्लान तथा सार्वजनिक यातायात साइक्लिंग पैदल यात्रु सुरक्षाको वारेमा विभिन्न वक्ताहरुले धारणा राख्नुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *