टाटा पंचले २ लाख युनिट उत्पादन गरेको छ

टाटा मोटर्सले आधिकारिक रूपमा पञ्चको २,००,००० औं इकाई एसेम्बली लाइनबाट रोलआउट गरिसकेको छ।

यो माइलस्टोन फिगर भारतीय बजारमा लन्च भएको २० महिनापछि आएको हो। यो मोडेल अक्टोबर २०२१ मा लन्च गरिएको थियो।

एसयुभी सेग्मेन्टमा बढ्दो लोकप्रियताका कारण यो मोडेल प्रस्तुत गरिएको थियो। हाल, टाटा पंच दोस्रो सबैभन्दा धेरै बिक्री हुने मोडेलमा पर्छ।

टाटा पंचले बीएस६ फेज-२ अपडेटेड १.२ लिटर पेट्रोल इन्जिन पाएको छ। सो इन्जिनले ८२ बीएचपी पावर र ११२ एनएमको टर्क उत्पादन गर्दछ।

यो मोटर पाँच-स्पीड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ र यसलाई एएमटी युनिटमा पनि पाउँन सकिन्छ।

टाटा मोटर्सले पञ्चको सीएनजी भेरियन्ट पनि लन्च गर्ने तयारी गरिरहेको बताइएको छ।

निर्माताले २०२३ अटो एक्सपोमा पञ्चको सीएनजी भेरियन्ट प्रदर्शन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *