नेपाल अटो जिमखाना च्याम्पीयनसीप सम्पन्न

नेपाल अटोमोबाइल्स एसोसिएसन नासा नेपाल बागमती प्रदेश संघद्धारा आयोजित नेपाल अटो जिमखाना च्याम्पीयनसिपमा आशिष भारति प्रथम भएका छन्।

हिजो अबेर भरतपुरमा सम्पन्न सो इभेन्टमा फिलिक्स भान द्धितिय तथा दिग्विजय सिंह अधिकारी तेश्रो भए। प्रथम, दोश्रो र तेश्रोले क्रमश २७ हजार, ९ हजार तथा ३ हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे।

त्यसैगरि महिलातर्फ बेष्ट टाइमरमा दुर्गा लक्ष्मी रन्जीतकार तथा चितवन तर्फको वेष्ट पर्फरमेन्स अवार्ड विमल पौडेलले प्राप्त गरे।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, एफआइए वल्र्ड काउन्सील मेम्बर गोविन्द भट्टराई तथा नासा नेपाल बागमतीका अध्यक्ष राजन पियाले विजयीलाई नगद, शिल्ड र प्रमाण पत्र प्रदान गर्नुभयो।

पुरुषबाट प्रथम आशिष र महिला तर्फको बेष्ट परफरमर दुर्गा लक्ष्मीलाई आगामी नोभेम्बरमा हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पीयनसीपमा नेपालबाट छनौट गरियो जुन चाइनिज ताइपेइमा हुनेछ।

राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग, भरतपुर महानगरपालिका र उवासंघ चितवनको लजिष्टिक र पुरस्कार सहयोग तथा महालक्ष्मी ड्राइभिङ्ग सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न भएको सो कार्यक्रम नासा नेपालको राष्ट्रिय कार्यक्रम हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *