एमजी मोटरले ४ देखि ५ वटा नयाँ विद्युतीय कार ल्याउने

चिनियाँ सवारी उत्पादक समूह एसएआईसीको स्वामित्वमा रहेको एमजी मोटरले भारतमा आफ्नो उत्पादन पोर्टफोलियोलाई व्यापक रुपमा विस्तार गर्ने योजना अघि सारेको छ। आगामी ५ वर्षका लागि कम्पनीले वृहत योजना सार्वजनिक गरेको हो।

‘२०२८ स्ट्राटेजी’ अन्तर्गत एमजीले भारतमा व्यवसायलाई थप स्थानीयकरण गर्ने नीतिलाई उच्च प्राथमिता दिएको छ।

भारतमै प्रोडक्ट विस्तारदेखि प्रविधि विकाससम्मका लागि आगामी ५ वर्ष भित्र एमजीले ५० अर्ब भारु लगानी गर्ने बताएको छ।

उक्त लगानीसँगै भारतको गुजरातमा नयाँ उत्पादन प्लान्ट स्थापना गर्ने र वार्षिक कार उत्पादन क्षमता ३ लाख वटा पुर्‍याउने एमजीले जनाएको छ।

एमजीले भारतमा विद्युतीय सवारीका लागि चाहिने ईभी सेल उत्पादन गर्नेछ। एमजीले हाइड्रोजन फ्युलसेल प्रविधिमा पनि काम गर्ने जनाएको छ।

एमजी मोटरले २०२८ सम्ममा विद्युतीय सवारीको संख्यासमेत बढाउने बताएको छ। कम्पनीले ५ वर्षमा ४ देखि ५ वटा नयाँ पूर्ण विद्युतीय कार भारतीय बजारमा ल्याउने घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *