दुई तला पार्किङमा तीन सय सवारी अटाउने

महानगरपालिकाका अनुसार टावरको दुई तला भूमिगत पार्किङको रूपमा प्रयोग हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् ।

भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्था, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछन् । टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण भइरहेको छ ।

महानगरपालिकाका अनुसार यो पार्किङले रत्नपार्क र न्युरोडआसपास पार्किङ भइरहेका सम्पूर्ण सवारीसाधनलाई धान्नेछ । भ्यु टावर निर्माणमा हाल २४सै घन्टा काम भइरहेको छ । निर्माणाधीन नै भए पनि उक्त क्षेत्रमा पार्किङका लागि कुनै समस्या नभएको काफ्लेले बताएका छन् ।

महानगरका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसको टोलीले टावरको प्राविधिक पक्ष अध्ययन गरिरहेको छ । कसरी काम भइरहेको छ ? गुणस्तर कस्तो छ ? कति तला बनाउने, के–के थपघट गर्ने, कसरी अगाडि बढ्नेलगायत विषयमा प्राविधिक टोलीले दिएको प्रतिवेदनअनुसार अगाडि बढ्ने काफ्लेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *