शक्तिशाली इन्जिनसहित ५ वर्षपछि पजेरोको कमब्याक

जापानी अटोमोबाइल ब्राण्ड मित्सुबिशीको चर्चित एसयूभी पजेरोले ५ वर्षपछि कमब्याक गरेको छ ।

पाँचौं पुस्ताको एसयूभीको रुपमा नयाँ पजेरो सार्वजनिक गरेको हो ।

कम्पनीले सन् २०२१ मा पजेरोको विश्वव्यापी उत्पादन र बिक्री स्थगन गरेको थियो ।

मित्सुबिशीले ५ वर्षपछि पजेरोलाई अझ रग्ड डिजाइन, ल्याडर फ्रेम च्यासिस, तीन लहर सिट र शक्तिशाली २.४ लिटर टर्बोचाज्र्ड डिजेल इन्जिनका साथ बजारमा ल्याएको हो ।

कम्पनीले अयाँ पजेरो अफरोड शैलीलाई निरन्तरता आकर्षक डिजाइनमा लयाएको छ ।

नयाँ पजेरो मित्सुबिशी ट्राइटन पिकअपकै प्लेटफर्ममा आधारित भए पनि यसको सस्पेन्सन र क्याबिन भने पूर्ण रूपमा छुट्टै र नयाँ छ ।

यसमा सोलिड रियर एक्सेल, चारै पाँग्रामा कोइल स्प्रिङ र डिस्क ब्रेकका साथै फोर ह्वील ड्राइभ सिस्टम छ ।

यसको अगाडिको भागमा ठाडो ग्रिल, लहरै मिलाइएका एलइडी डीआरएल, गोलाकार एग्जुलरी बत्ती र स्क्वायर बम्पर दिइएको छ ।

पछाडिको भागमा लाइट बारमा ठूलो अंग्रेजीमा ‘पजेरो’ अक्षर, ठाडो टेललाइट र कालो क्ल्याडिङ राखिएको छ।

नयाँ पजेरोमा शक्तिशाली २.४ लिटर फोर सिलिण्डर टर्बोचाज्र्ड डिजेल इन्जिन छ । यो ट्राइटनमा प्रयोग गरिएको इन्जिनमा आधारित छ ।

तर पिकअपको दोहोरो टर्बो बनावटको सट्टा यसमा एउटा मात्र टर्बो चार्जर प्रयोग गरिएको छ।

यो इन्जिनले २०१ हर्ष पावर र ४८० एनएम टर्क उत्पन्न गर्छ। यसमा अपग्रेड गरिएको ८ स्पीड अटोमेटिक गियरबक्स छ ।

तीन लहर सिट भएको नयाँ पजेरोको क्याबिन निकै प्रिमिय र आधुनिक छ ।

यसमा १४.३ इन्चका दुईवटा स्कीक्रन, लेदर सिट, प्यानोरामिक सनरूफ र थ्री जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर छन ।

ड्यासबोर्डमा ट्यान र कालो रङ मिलाइएको छ साथै, यसमा गाडीको उचाइ, ढल्किएको कोण र अगाडि/पछाडिको कोण जस्ता जानकारी देखाउने अफरोड डिस्प्ले पनि छ।

फोर ह्वील ड्राइभ प्रणालीको सहज नियन्त्रणका लागि गियर लिभरको छेउमा रोटरी टेरेन सेलेक्टर राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *