भारतमा फाइटर विमान दुर्घटना

राजस्थानको हनुमानगढमा वायुसेनाको विमान मिग– २१ दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

उक्त विमान घरमाथि खस्दा उक्त घरमा बस्ने तीनजना महिलाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

मृत्यु हुनेमा ४५ वर्षीया बसोकौर, ६० वर्षीया बन्तो र ५५ वर्षीया लीलादेवी छन्।

प्यारासुटको मद्दतले पाइलट राहुल अरोडा भने सुरक्षित रहेको बताइएको छ।

उनी सामान्य घाइते भएका छन्। उपचारका लागि उनलाई सुरतगढ लगिएको छ।

विमान खसेको घर र वरपरका केही घरमा क्षति पुगेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *