पर्साका धेरै अधिकृतले महँगो भाडाका स्कारपियो चढ्छन्

पर्साका आधा दर्जनभन्दा बढी पालिकाका प्रमुख प्रशासकीय अधिकृतले भाडामा लिएर गाडी प्रयोग गर्दै आएका छन्। १४ वटा पालिका रहेको पर्सामा सातजना प्रमुख प्रशासकीय अधिकृतले भाडामा लिएर गाडी प्रयोग गर्दै आएका छन्।

पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ वटा पालिका छन्। जसमध्ये वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका, बिन्दबासिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, ठोरी गाउँपालिकाबाहेकका सबै पालिकाका अधिकृत भाडामा लिएर गाडी प्रयोग गर्दै आएको स्थानीय बताउँछन्।

वीरगन्ज, पोखरीया, बहुदरमाई र पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पालिकाकै सरकारी र प्राइभेट नम्बरको गाडी प्रयोग गर्छन्।

यीबाहेक ठोरी, विन्दवासिनी र छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पालिकाको सरकारी मोटरसाइकल प्रयोग गर्छन्।

स्थानीयहरूका अनुसार पालिका प्रशासकीय अधिकृतले बाध्यताले नभई आफ्नो सुविधाका लागि भाडामा लिएर गाडी प्रयोग गर्दै आएका छन् ।

उनीहरूले महँगो भाडाको स्कारपियो गाडी प्रयोग गर्दै आएका छन्। पालिकाका कर्मचारीका अनुसार पालिकाका प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडीको मासिक भाडा एक लाखभन्दा बढी छ। एउटा स्कारपियो गाडीले इन्धनबाहेक साढे चार हजार देखि पाँच हजारसम्म रकम लिने गरेको कर्मचारी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *