नयाँ सिट्रोन सी ३ सार्वजनिक

काठमान्डौं, वैशाख २०, २०८० – आज नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित नयाँ सिट्रोन सी ३ मात्र रु. ३४ लाख ४९ हजार को सुरुवाति मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ।

भारतमा निर्मित सिट्रोन C3 एक कम्प्याक्ट एसयुभी हो जसले नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकहरुको मन तान्न सक्छ।

अत्यन्त आकर्षक डिजाइनमा बनाइएको सिट्रोन सी ३, ख्याती प्राप्त वर्ल्ड अर्बन कार-२०२३ अवार्ड पाउन सफल भएको थियो ।

विश्वका ३२ देशहरुका १०० भन्दा बढी अन्तर्राष्ट्रिय अटोमोटिभ पत्रकारहरुले मत राख्ने उक्त प्रतिस्पर्धामा जित्न सफल सिट्रोन सी ३ ले नेपाली बजारमा पनि राम्रो गर्ने आशा गरिएको छ।

“हामी नेपालका हाम्रा ग्राहकहरुलाई नयाँ सिट्रोन सी ३ प्रस्तुत गर्न पाउँदा गर्व गछौँ। हरेक क्षेत्रको प्रयोगका लागि सोही क्षेत्रमा उत्पादन गर्नुपर्छ भन्ने मान्यता राख्ने स्टेलान्टिस आसियान क्षेत्रको लागि नयाँ सी ३ भारतमा बनाएको छ।

यस उत्पादन मार्फत हामी यो ठाउँ र परिवेश अनुरूपको उत्पादन मार्फत आसियानमा आफ्नो उपस्थिति बढाउन प्रतिबद्ध छौँ”, नादिया कमरुदिन, स्टेलान्टिसका लागि आसियानका ग्राहक अनुभव निर्देशक तथा जेनेरल डिस्ट्रिव्यूटरले भने।

नयाँ सिट्रोन सी ३ : सुरुवाती (लन्च प्राइस) मुल्य

१.२ पि. लाइभ – रु. ३४,४९,०००     

१.२ पि. फिल भाइब प्याक – रु. ३६,४९,०००

नयाँ सी ३ बिर्तामोड, इटहरी, नारायणघाट, बुटवल र काठमाडौँ गरी नेपालका पाँच प्रमुख सहरहरूमा रहेका सिट्रोनका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभ र बिक्रीको लागि उपलब्ध छ।

नयाँ सी ३ मा ट्रपिकलाइज्ड एयर कन्डिसनर, मनोरम बाहिरी दृश्य हेर्न मिल्ने आरामदायी भित्री भाग र वायरलेस एन्ड्रोइड अटो र एप्पल कनेक्टिभिटी भएको १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन जस्ता सुविधाहरू छन्।

यसमा न्याचुरल्ली एस्पिरेटेड १.२ लिटर पेट्रोल इन्जिन छ जसले ८१ बीएचपी र ११५ एनएम टर्क उत्पादन गर्छ। सी ३ मा ५-स्पीड म्यानुअल ट्रान्समिसन गियरबक्स पाइन्छ ।

ग्राहकहरूको सहजता र खरिद पश्चातको मानसिक शान्तिको लागि सिट्रोनले सी ३ मा वारेन्टी कार्यक्रम पनि राखेको छ।

यो वारेन्टी कार्यक्रमले दुई वर्ष अथवा ४०,००० किलोमिटरको दुरीसम्म सवारी साधनको हेरचाह र स्पेयर पार्ट्सलाई समेट्छ।

ग्राहकले काठमाडौंको सितापाइला स्थित सिट्रोनको सेवा केन्द्रबाट गुणस्तरीय सेवा र मर्मतसम्भारको फाइदा लिन सक्नेछन्।

नयाँ सी ३ को स्टाइलिश र आरामदायी अनुभव तपाई नजिकैको सिट्रोएन शोरुममा गएर टेस्ट ड्राइभको समयमा लिन सकिन्छ।

टेस्ट ड्राइभ बुक गर्न वा कारको बारेमा थप जानकारी लिनका लागि अहिले नै www.citroennepal.com मा जानुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *