Skip to content
किभ — युक्रेनले क्राइमियाको इन्धन भन्डारमा ड्रोन आक्रमण गर्दा त्यस क्षेत्रमा ठूलो आगलागी भएको रुसका अधिकारीले बताएका छन् ।
रुस नियन्त्रित क्राइमियाको उक्त क्षेत्रमा युक्रेनले दुइटा ड्रोन आक्रमण गरेको हो ।
शुक्रबार रुसले युक्रेनका मुख्य सहरहरूमा हवाई आक्रमण गर्दा २५ जनाको मृत्यु भएको थियो ।
त्यसको प्रत्युत्तरमा युक्रेनले क्राइमियाको मुख्य सहर सेभास्तोपोल क्षेत्रको इन्धन भण्डारमा आक्रमण गरेको हो ।
दुइटा ड्रोनको आक्रमणबाट तीनवटा तेल ट्यांक नष्ट भएको र अर्को ड्रोनलाई आकाशमै निस्तेज पारिएको रुसका अधिकारीहरूले बताएका छन् ।
Post Views: 237