ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु

१८ वैशाख, धनगढी : कञ्चनपुरमा सडकमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२-००-४ प १८४६ नम्बरको मोटसाइकल र से१त २८२९ नम्बरको ट्याक्टर ठोक्किएको थियो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सवार वेदकोट नगरपालिका-१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिकाकी गरिमा महता घाइते भएकी छन् ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *