ललितपुर महानगरले देस्रो चरणको सडकबत्ती जडान अभियानलाई अन्तिम रूप दिएको छ ।
दोस्रो चरण अन्तर्गत कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार, सुनाकोठी, खोकना, भैँसीपाटी हुँदै गोदावरी नगरपालिकाको सीमासम्म सडकबत्ती राखेको छ ।
धापाखेल बाहेक अन्य ठाउँमा सडकबत्ती जडान गरिसकेको महानगरले जनाएको छ । ती क्षेत्रमा करिब १४ सय सडकबत्ती जडान गरिएको छ ।
महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार चैत मसान्तसम्म धापाखेल क्षेत्रमा पनि बत्ती जडान भइसक्नेछ ।
‘अन्तिम चरणमा पुगेका छौँ । धापाखेल क्षेत्र बाहेक अन्य खण्डमा राखिएको सडकबत्ती बल्न पनि थालिसकेको छ,’ महानगर प्रमुख चिरिबाबु महर्जनले भने, ‘चैत मसान्तबाट दोस्रो खण्डका सबै स्मार्ट सडकबत्ती बल्नेछन् ।’
यसपछि महानगरका सडक झिलिमिली हुनेछ । साथै, सडक दुर्घटना पनि कम हुने अपेक्षा गरिएको छ ।