सडक वर्गीकरण गर्दै सरकार

सरकारले देशभर सञ्चालित तथा निर्माणाधीन मोटरेबल सडकको सम्बन्धमा संघीय संरचनाअनुसार पुनः वर्गीकरण गर्ने भएको छ ।

सरकारले यसअघि ६ जेठ ०७६ मा देशभरका सडकलाई संघीय संरचनाअनुसार वर्गीकरण गरेको थियो ।

सोअनुसार हाल नेपालमा ८० राष्ट्रिय राजमार्ग, एक सय ६५ निर्वाचन क्षेत्र र सडक लगायतका आयोजना गरेर ८० हजार किमि सडक सञ्चालन तथा निर्माणको चरणमा छन् ।

एउटै सडक आयोजनामा संघ, प्रदेश तथा स्थानीय तह तीनवटै सरकारले बजेट छुट्याउने तथा सञ्चालन गर्ने गरेका छन् ।

कतिपय सडक आयोजना दुईवटा सरकारको दायरामा छन् । कतिपय सडक आयोजनालाई भने तीनै सरकारले वास्ता गरेका छैनन् ।

सोही कारण एउटा सडकलाई एउटा मात्रै सरकारले सञ्चालन गर्ने गरी पुनः वर्गीकरण गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *