‘पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल–भारत संयुक्त कार्य समूह’को बैठकले नेपालको आवश्यकता अनुसार पेट्रोलियम क्षेत्रमा पूर्वाधार निर्माण कार्य अघि बढाउने सहमति भएको छ ।
मंगलबार काठमाडौंमा भएको बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतको तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय सहसचिव ईशा श्रीवास्तवले नेतृत्व गरेका थिए ।
बैठकमा अमलेखगन्जदेखि चितवनसम्म विस्तार गर्ने भनिएको पेट्रोलियम पाइपलाइन, चितवनमा निर्माणको गृहकार्य भइरहेको पेट्रोलियम भण्डारणगृह र लखनउ–भैरहवामा प्राकृतिक ग्यास पाइपलाइन परियोजनाका विषयमा छलफल भएको थियो ।
मन्त्रालयकी उपसचिव उर्मिला केसीका अनुसार दुवै देशका अधिकारीबीच पेट्रोलियम पूर्वाधार बनाउने सहमति भए पनि ठोस निर्णय भएको छैन ।