३ पेट्रोलियम पाइपलाइन बनाइदिन आग्रह

काठमाडौँ — पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल–भारत संयुक्त कार्य (सहसचिवस्तरीय) बैठकमा नेपालले थप तीन पेट्रोलियम पाइपलाइन बनाइदिन भारतसँग आग्रह गरेको छ ।

नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्याल र भारतका तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव ईशा श्रीवास्तवको नेतृत्वमा मंगलबार बसेको बैठकमा नेपालले २ वटा पेट्रोलियम पाइपलाइनसहित प्राकृतिक ग्यास पाइपलाइनको प्रस्ताव गरेको हो ।

‘अमलेखगन्जदेखि लोथर र सिलगुढीदेखि चारआलीसम्म पेट्रोलियम पाइपलाइन र गोरखपुरदेखि भैरहवासम्म प्राकृतिक ग्यासको पाइपलाइन बनाइदिन आग्रह गरेका छौं । यसमा भारतीय पक्ष सकारात्मक छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘हामीले गरेको प्रस्तावमा भारतीय पक्षले सोच्न सकिने र कुन मोडालिटीबाट बनाउने, लगानीलगायत विषयमा थप उच्चस्तरीय समितिमा छलफल गर्ने बताएको छ ।’

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बनेपछि वार्षिक करिब २ अर्ब बचत भइरहेको छ । ढुवानीमा हुने नोक्सानी र भन्सार नाकामा हुने सवारी जाम अन्त्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *