नेपालमा हेन्री इलेक्ट्रिक कारको आधिकारिक आयातकर्ता, पायोनियर वर्ल्डवाइड प्रा. लिमिटेडले नेपाली नयाँ वर्ष २०८० को लागि अफर घोषणा गरेको छ ।
यो अफर अन्तर्गत, हेनरी इलेक्ट्रिक कार खरिदकर्ताले रु. ५०,००० देखि रु. १,००,००० सम्मको निश्चित सट क्यासब्याक, एक वर्षको नि:शुल्क बीमा, नि:शुल्क सडक कर र आकर्षक उपहार ह्याम्परहरू प्राप्त गर्न सक्नेछन्।
साथै, एक भाग्यशाली जोडीले बम्पर लक्की ड्र मार्फत थाइल्याण्ड यात्रा गर्न पाउँनेछन्।
Henrey Mincar लाई ३५ kW मोटर र १७ kWh ब्याट्री प्याक प्रदान गरिएको छ।
Mincar लाई २०% देखि १००% सम्म चार्ज गर्न ४ घण्टा लाग्छ र फूल चार्जमा यसले २०० किलोमिटरको रेन्ज प्रदान गर्दछ।