१२५ सीसी बजाज बाइक किन्दा रेफ्रिजेरेटर उपलब्ध

काठमाडौं–  बजाजले ‘फ्रि-लीली स्कीम’ सार्वजनिक गरेको छ । कम्पनीले १२५ सीसीभन्दा कम क्षमता भएका मोटरसाइकलमा लागू हुनेगरी ‘फ्रि–लीली स्कीम’ ल्याएको हो।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीले १२५ सीसी क्षमताको कुनै पनि मोटरसाइकल किन्दा रेफ्रिजेरेटर निःशुल्क पाइने स्कीम ल्याएर ग्राहक तान्न खोजेको हो।

बजाजले ल्याएको यो स्कीममा १०० सीसीदेखि १२५ सीसीसम्मका मोटरसाइकल किन्दा सामसङको १९२ लिटर क्षमताको रेफ्रिजेरेटर उपलब्ध गराउने भएको हो।

बजाज प्लाटीना, बजाज पल्सर १२५, एनएस १२५, डिस्कबर १२५ जस्ता मोटरसाइकलमा यो स्कीम लागू हुनेछ।

बजाजले स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एक्सचेन्ज, फाइनान्स तथा विभिन्न स्कीम उपलब्ध गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *