नेपालमा क्रसफायर र इटालिकामोटोको एकमात्र आधिकारिक वितरक, क्लासिक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा. लिमिटेडले आफ्नो चलिरहेको नेपाली नयाँ वर्ष २०८० मा बिक्रीपछिको अफर घोषणा गरेको छ ।
यस अभियानको एक भागको रूपमा, क्रसफायर र इटालिकामोटोले आफ्ना प्राविधिकहरूद्धारा नि:शुल्क मोटरसाइकल चेकअप उपलब्ध गराउने छन्।
उनीहरूले विशेष गरी १६ चेकपोइन्ट र ९ वटा लुब्रिकेशनमा फोकस गर्नेछन् र स्पेयर पार्ट्समा २५% छुट दिनेछन्।
चेकअपको साथसाथै उनीहरूले आफ्नो इन्जिन आयलमा १०% छुट पनि दिइरहेका छन्।
यस अभियानमा इच्छुक व्यक्तिले विभिन्न इटालिकामोटो र क्रसफायर मोटरसाइकलको टेस्ट राइड पनि गर्न सक्नेछन् ।