विश्वव्यापी रुपमा कच्चा तेलको मूल्य घट्यो

विश्वव्यापी रुपमा कच्चा तेलको मूल्यमा फेरि गिरावट आएको छ ।

मंगलबार पनि कच्चा तेलको मूल्य घटेको छ । यस अवधिमा ब्रेन्ट कच्चा तेलको मूल्य ०.११ प्रतिशतले घटेर प्रति ब्यारेल ८२.६४ डलरमा कारोबार भइरहेको छ ।

अर्कोतर्फ डब्ल्यूटीआई कच्चा तेलको मूल्यमा ०.०९ प्रतिशतले थोरै गिरावट आएको छ र यो प्रति ब्यारेल ७८.६९ डलरमा कारोबार भइरहेको छ ।

ओपेक राष्ट्रहरूले लिएको निर्णयको प्रभावले कच्चा तेलको भाउ रेकर्ड स्तरमा झरेर एकैपटक १०० डलर नजिक पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अनुरुप पेट्रोल–डिजेलको मूल्यमा तात्कालिक प्रभाव देखिने भएकाले कच्चा तेल सस्तो हुँदा उपभोक्ताले तत्काल लाभ पाउन सक्छ ।

नेपालले भारतबाट प्रसोधित इन्धन खरिद गर्ने भएकाले र भारतले नेपाललाई हरेक १५ दिनमा मूल्यसूची पठाउने हुँदा आन्तरिक बजारमा पेट्रोल–डिजेलको मूल्यमा तत्काल परिवर्तन हुँदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *