एमजी मोटरले आफ्नो सानो इलेक्ट्रिक कार कमेट ईभी लन्च गर्ने भएको छ । यो हाल सबैभन्दा सानो इलेक्ट्रिक कार हो ।
एमजी कमेट भारतीय बजारमा २६ अप्रिलमा लन्च हुने र सोही दिनदेखि बुकिङ सुरु हुने अनुमान गरिएको छ ।
कमेट ईभीले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । यसमा ब्रेकिङको लागि फ्रन्टमा डिस्क र रियरमा ड्रम हुनेछ । सस्पेन्सनको लागि फ्रन्टको भागमा म्याकफर्सन स्ट्रट र रियरमा मल्टि-लिंकिङ क्वाइल सस्पेन्सन हुनेछ ।
सो ईभीको मूल्य मे २०२३ मा घोषणा गरिनेछ । यसको उत्पादन सुरु भइसकेको छ र आउँदो महिनादेखि नै डेलिभरी सुरु हुनेछ ।
यसमा १७।३ केडब्ल्युएच क्षमताको ब्याट्री दिइएको छ, जसले ४२ एचपीको पावर र ११० एनएमको टर्क जेनरेट गर्दछ । यसको ब्याट्री १० देखि ८० प्रतिशत चार्ज गर्न ७ घण्टा लाग्छ ।
एमजी कमेट ईभी जीएसईभी प्लेटफर्ममा तयार पारिएको हो । यसले सानो फ्रन्ट ग्रिल, ठूलो एलईडी स्ट्रिप, पातलो हेडलाइट, ठूला ढोका र स्पोर्टी अलोय ह्विल प्राप्त गरेको छ ।