इन्धन लिटर अनुसार १० रुपैयाँले महँगो

पेट्रोलियम ढुवानी व्यवसायीले महँगो भाडा लिएको भन्दै ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा डिजेल तथा पेट्रोलको मूल्य उच्च गराइएको छ । यसैलाई कारण देखाउँदै स्थानीय र लामो दूरीका यातायात व्यवसायीले चर्को भाडा असुलिरहेका छन्। डिजेल–पेट्रोलको मूल्य महँगो र बाटोसमेत कच्ची भएको भन्दै यातायात व्यवसायीले भाडा असुलिरहेका हुन् ।

अमलेखगन्जदेखि ओखलढुंगा सदरमुकामसम्म करिब २९३ किमि दूरी छ । यसका लागि लिइने कुल भाडादरअनुसार प्रतिकिमि ३१९ रुपैयाँ पर्न आउँछ । अमलेखगन्जदेखि ओखलढुंगा, सोलुखुम्बु र खोटाङसम्म धेरैजसो बाटो कालोपत्र भइसकेको छ । ढुवानी व्यवसायीले कच्ची बाटोको दररेटमा भाडा लिने गरेको उपभोक्ता बताउँछन् ।

ओखलढुंगा र खोटाङमा डिजेल प्रतिलिटिर १७३ रुपैयाँ ५ पैसा छ । पेट्रोल भने १८५ रुपैयाँ छ । सोलुखुम्बुको सल्लेरीमा डिजेल प्रतिलिटर १७६ रुपैयाँ ३० पैसा र पेट्रोल १८९ रुपैयाँ ३० पैसा छ । नेपाल आयल निगमले उपभोक्तालाई निर्धारण गरेको खुद्रा मूल्य भने पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल प्रतिलिटर १६५ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *