ट्यांकरबाट इन्धन तस्करी

आयल निगमले इन्धनमा हुने चोरी र चुहावट रोक्न भन्दै लकिङ प्रणाली जडान गरे पनि तेलको तस्करी हुने गरेको पाइएको छ । लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट इन्धन तस्करी भएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)को डिपोबाट पेट्रोल ल्याउँदै गरेको लु २ ख ४८३९ नम्बरको ट्यांकरले स्वीकृत पीडीओ भन्दा बढी पेट्रोल ल्याएर तस्करी गरेको पाइएको छ ।

भैरहवा नाकाबाट भन्सार पासको क्रममा शंका लागेपछि शुक्रबार प्रहरी र भन्सार कार्यालयले ट्यांकरलाई नियन्त्रणमा लिएका थिए । निगमको कर्मचारीसहित भलवारी डिपोमा ट्यांकर जाँच गर्दा स्वीकृत पीडीओभन्दा २० किलोलिटर बढी पेट्रोल भेटिएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले भने, ‘लु २ ख ४८३९ नम्बरको ट्यांकरमा स्वीकृत कोटाभन्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल देखियो ।’

उक्त ट्यांकर एक्सप्रेस ढुवानी सेवा प्रालिको हो । प्रालिका सञ्चालक चोप नारायण श्रेष्ठ हुन् । उनी पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका वरिष्ठ सल्लाहकार समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *