टाटा मोटर्सले नेक्सन ईभी म्याक्स रेन्जका लागि डार्क संस्करण सार्वजनिक गरेको छ ।
भारतमा यसको सुरुवाती मूल्य रु. १९.०४ लाख रहेको छ।
यो मोडल XZ Lux र XZ+ Lux गरी दुई भेरियन्टमा उपलब्ध छ।
डिजाइन फ्रन्टमा, नयाँ नेक्सन ईभी म्याक्स डार्क एडिसनले मिडनाइट ब्ल्याक पेन्टजब, १६ इन्च चारकोल ग्रे एलोय ह्वील, स्टेन ब्ल्याक लाइन र डार्क ब्याजिङहरु प्राप्त गरेको छ।
यसले ट्राइ-एरो डीआरएल, प्रोजेक्टर हेडल्याम्प, ट्राइ-एरो एलईडी टेल लाइट, शार्क-फिन एन्टेना र रूफ रेलहरू पनि प्राप्त गरेको छ।
भित्र, यसले १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, नयाँ ईभी डिस्प्ले थिम, भ्वाइस असिस्टेन्ट, अटो होल्ड फंक्शनसहितको ईपीबी, भेन्टिलेटेड फ्रन्ट सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल र क्रुज कन्ट्रोल जस्ता सुविधाहरू प्राप्त गरेको छ।