जीप मेरिडियन एसयुभीको नेपाली बजारमा बुकिङ खुल्ला

अमेरिकन अटो निर्माता कम्पनी जीपको नयाँ ७ सिटर क्षमताको मेरिडियन एसयुभी नेपाली बजारमा अब छिट्टै सार्वजनिक हुने भएको छ । नेपालका लागि जीपको आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले नयाँ प्रिमियम एसयूभी मेरिडियनको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ ।

जीप मेरिडियन साउथ अमेरिकी बजारमा सर्वाधिक बिक्री हुँदै आएको मोडल हो । जीप मेरिडियन लिमिटेड भेरियन्टमा मात्र नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जीप मेरिडियनमा २.० लिटर फोर सिलिन्डर मल्टिजेट डिजेल इन्जिन दिइएको छ जसले अधिकतम १७० पीएस पावर र ३५० एनएमको पीक टर्क प्रदान गर्दछ । यसमा फ्रन्ट ह्विल ड्राइभ सहित ६ स्पिड म्यानुअल र ९ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ ।

फोर ह्विल ड्राइभमा उपलब्ध सो एसयूभीलाई १९८ किलोमिटर प्रतिघण्टा सम्मको उच्च गतिमा हाँक्न सकिन्छ । साथै यसको टप स्पीड क्षमता १९८ किलोमिटर रहेको छ । सो एसयुभीमा ४८ भोल्डको माइल्ड हाइब्रिड टेक्नोलोजी पनि दिइएको छ ।

मेरिडियनमा सार्प लुकिङ एलइडी लाइट, सिंग्नेचर भर्टिकल क्रोम स्लाट, नयाँ एलइडी डेटाइम रनिङ लाइट, वाइड सेन्ट्रल एयर इनलेट, ट्रापेजोडियल ह्वील आर्क, एलइडी टेललाइट, १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस कनेक्टीभीटी, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, प्यानारोमीक सनरुफ, भेन्टीलेटेड फ्रन्ट सिट, वायरलेस मोबाइल चार्जर, माउण्टेड कन्ट्रोल स्टेरिङ ह्वील र लेदर सिट जस्ता विशेषता पाउन सकिन्छ ।

यसैगरी यसमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो पनि उपलब्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *