“होण्डा चुज योर स्किम”उपहार योजना

नेपालमा सर्वाधिक रुचाइने टु ह्विलर बाइक वा स्कुटरको होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० शुभारम्भको सुखद अवसर पारेर “होण्डा चुज योर स्किम” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यो योजना अन्तर्गत होण्डाको कुनै पनि बाइक वा स्कुटरको खरिदमा नगद रु. १ लाखसम्म जित्न सकिने स्क्र्याच कुपनसँगै रु. ८ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ्ग वा रु. १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा रु. १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने छ ।

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ ।
होण्डाले १% को ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *