एमजी (मोरिस ग्यारेज) ले नयाँ एसयूभी एस्टर नेपाली बजारमा अब छिट्टै सार्वजनिक गर्ने भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउण्ट मोटर्सले नयाँ प्रिमियम एसयूभी एस्टरको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ ।
प्यारामाउण्ट मोटर्सले अप्रिल महिनाको अन्त्यसम्ममा यसको बिक्री सुरु गर्ने तयारी गर्दै बुकिङ खुल्ला गरेको हो । नयाँ एमजी एस्टर आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर सहित नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । एमजी एस्टर सुपर भेरियन्टमा मात्र नेपाली बजारमा उपलब्ध हुनेछ ।
एमजी एस्टरमा १.५ लिटरको भीटीआइ टेक पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १०८ ब्रेक हर्स पावर तथा १४४ न्युटन मिटरको टर्क प्रदान गर्छ । एस्टर सुपरमा ५ स्पिड म्यानुल र सीभीटी ट्रान्समिसन पाउन सकिन्छ । यसको चार वटै पाङ्ग्रामा डिस्क ब्रेक पाउन सकिन्छ ।
यसको स्पीड पनि निकै उत्कृष्ट रहेको छ । एस्टरलाई १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिने कम्पनीको दावी छ । एस्टरमा भीटीआइ टेक टेक्नोलोजी दिएको कारण यसको माइलेज पनि उत्कृष्ट रहने छ । सो एक्सयूभी जस्तोसुकै बाटोको लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
एस्टरमा सार्प लुकिङ एलइडी लाइट, एलईडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, एलइडी टेललाइट, मल्टिफङ्सन स्टेरिङ ह्वील, १०.१ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, एण्डरोइड अटो एप्पल कारप्ले, चारवटा स्पिकर, रियर पार्किङ क्यामरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल ओडोमिटर, डुअलटोन ड्यासबोर्ड र १७ इन्चको अलोय ह्वील जस्ता विशेषता पाउन सकिन्छ ।
यसैगरी यसमा निकै नै आकर्षक र बोल्ड लुक्स भएको ग्रिल पानारोमिक सनरुफ र अटोमेटिक एसी लगायतका अन्य विशेषताहरु पनि पाउन सकिन्छ ।