धादिङ अटोमोबाइलको छैठौं बार्षिक साधारणसभा सम्पन्न

धादिङ अटोमोबाइल एशोसियसनको छैठौं बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन इन्द्रकुमार त्रिपाठीको सभापतित्वमा सम्पन्न  भयो ।

प्रमुख अतिथी, धादिङ क्षेत्र नम्बर १ का संघीय सासद राजेन्द्रप्रसाद पाण्डेले नेपालको पहिलो अटोल्याण्ड बुटवलको अवधारणा आफुले ल्याएको व्यक्त गर्नुभयो ।

धादिङमा पनि अटोल्याण्डको सम्भावना रहेको जसको लागि बेल्खु खोलाको बगर उपयुक्त रहेको बताउँदैं अटोल्याण्ड स्थापनाको लागि आफुले हर सम्भव प्रयत्न गरिरहने जानकारी दिनुभयो ।

विशिस्ट अतिथि वाग्मती प्रदेशका माननीय सभासद मायादेवी शर्माको धारणा र संस्थाले शुरूवात गरेको बिमाको कार्यक्रम तथा मजदुर भलाइकोष प्रशन्सनिय रहेको बताउँदैं संस्थाले छोटो समयमा धेरै सदस्य वृद्धि गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

अटोल्याण्ड स्थापना गर्नको लागि आफुले प्रदेशसभामा वुलन्द आवाज उठाउने प्रतिज्ञा विशेष अतिथी, बेनिघाट रोराङ गाउपालिकाका अध्यक्ष एवं उपाध्यक्षद्वय क्रमशः कृष्णबहादुर थपलिया र टापबहादुर श्रेष्ठले स्थानीय सरकार धादिङ अटोमोबाइल एशोसियसनको हर समस्यामा साथ दिने वचनवद्दता व्यक्त गर्नुभएको थियो।

सो अवसरमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरे, वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई,  महासचिव टिकादत्त अधिकारी उद्योग वाणिज्य संघ धादिङका उपाध्यक्ष शेषकान्त कडेल एवं विभिन्न जिल्लाका प्रतिनिधिहरुले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा धादिङ जिल्लाभर जुनसुकै वर्कशपमा गाडी मर्मत गर्दा एउटै दर रेटमा मर्मत गराउन सकिने मर्मत सम्भार मुल्यसुची समेत सार्वजनिक गरिएको थियो।

साथै उक्त कार्यक्रममा मनमोहन मेमोरियल मेडिकल कलेज तथा टिचिङ अस्पताल एवं मलेखु टिचिङ हस्पिटल बिच अस्पतालमा उपलब्ध हुने सेवा सुबिधामा धादिङ अटोमोबाइल एशोसियसनका सदस्यले उपचार गराउदा ७ देखि २० प्रतिसत छुट सुबिधा प्राप्त गर्ने कार्यक्रममा सम्झौता हस्ताक्षर समेत भएको थियो।

उक्त कार्यक्रममा धादिङ जिल्लामा रहेर लामो समयसम्म अटोमेकानिक्सको क्षेत्रमा योगदान गर्ने श्री मेराज कैसलाइ सम्मान एवं कदरपत्र प्रदान गरिएको थियो।

सो अवसरमा प्रमुख अतिथी राजेन्द्रप्रसाद पाण्डेले संस्थाले तयार पारेको नयाँ वर्ष २०८० को भित्तेपात्रो समेत अनावरण गर्नुभएको थियो।

संस्थाले विगतमा झै यस वर्ष पनि मेकानिक्सहरुको बिमाको कार्यक्रमलाई निरन्तरता दिदै रु. ३०००००/-( तीन लाख) सम्मको दुर्घटना बिमा गरिएको साथै कार्यस्थलमा काम गर्दाको बखत दुर्घटना भएमा रु. १०००००/-(एक लाख) सम्मको औषधि उपचार खर्च व्यहोर्ने संस्थाका अध्यक्ष इन्द्रकुमार त्रिपाठीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सिप्रदी अटो पार्ट्स प्रालिले सह-प्रायोजकको भुमिका निभाएको थियो।

संस्थाको दोश्रो अधिबेशनले इन्द्र्कुमार त्रिपाठीलाइ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो भने प्रथम उपाध्यक्ष गणेशप्रसाद पाठक द्वितीय उपाध्यक्ष दिलिप पाठक महासचिव लालबहादुर श्रेष्ठ सचीव रवि रेग्मी कोषाध्यक्ष प्रताप भट्ट सदस्यहरुमा मुकुन्द रेग्मी, रबिन रेग्मी, सुशील आचार्य, रविशंकर शाह, सुमन पाठक, प्रकाश पोखरेल र प्रवीण धिमाल निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *