मर्सिडीज-बेन्जले उत्तरी अमेरिकाबाट सुरु हुने गरी विश्वव्यापी रूपमा उच्च शक्ति चार्जिङ नेटवर्क स्थापना गर्ने आफ्नो योजना घोषणा गरेको छ।
यो नेटवर्कले ग्राहकको चार्जिङ अनुभव बढाउने छ। यो उपयुक्त प्रविधिका साथ अन्य सबै ब्रान्ड वाहनहरुका लागी पहुँचयोग्य हुनेछ।
मर्सिडिज बेन्ज चार्जिङ हबहरू शहरी र ग्रामीण दुवै क्षेत्रमा उपलब्ध हुनेछन्। स्टेशनले 350kW सम्मको चार्जिङ पावरको साथ 30 उच्च-शक्ति चार्जरहरू प्रदान गर्नेछ।
उत्तर अमेरिकामा लगानी लागत १ बिलियन यूरो भन्दा बढी छ र चार्जिङ नेटवर्क आगामी छ देखि सात वर्षको अवधिमा विकसित हुनेछ।
यस अवसरमा टिप्पणी गर्दै ओला कालेनियसले भने, “मर्सिडिज-बेन्जले पहिले नै बजारमा उत्कृष्ट ईभीहरू उपलब्ध गराउँदै आएको छ। हाम्रा ग्राहकहरू लामो दूरीको यात्रा सहज बनाउने राम्रो चार्जिङ अनुभवको हकदार छन्।”