Skip to content
मर्सिडीज-बेन्जले आफ्नो एनुवल फाईन्यान्सियल प्रेजेन्टेसनमा आगामी विद्युतीकरण योजनाहरू प्रकट गरेको छ।
जर्मन कार निर्माताले आउँदो दुई वर्षमा प्रत्येक मोडेलको लागि विद्युतीय विकल्प ल्याउने योजना बनाएको छ।
यसलाई प्राप्त गर्न, मर्सिडीज-बेन्जले तीनवटा समर्पित विद्युतीय प्लेटफर्महरूलाई प्रस्तुत गर्दैछ।
त्यी तीन EV प्लेटफर्महरू हुन्:
१. MB.EA – मध्यम र ठूलो आकारको यात्रु कारहरूको लागि मोड्युलर अन्डरपिनिंग
२. AMG.EA – AMG संस्करणहरूका लागि पर्फमेन्स आर्किटेक्चर
३. VAN.EA – इलेक्ट्रिक भ्यान र लाइट कमर्सिअल एप्लिकेशनहरूका लागि
यी EV प्लेटफर्महरू 2025 सम्ममा रोल आउट हुने अपेक्षा गरिएको छ। मर्सिडीज बेन्जले युरोपेली बजारका लागि व्यावसायिक भ्यान पनि ल्याइरहेको छ।
Post Views: 243