महिन्द्रा सर्भिसिङ सेन्टरमा आगलागी

२०७९ चैत्र २०, सोमबार : ललितपुरको कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा कार, स्कुटर र मोटरसाइकल जलेर नष्ट भएको छ।

आज बिहान ४:४० बजे लागेको आगो प्रहरी र अन्यले ५:१५ बजे नियन्त्रणमा लिएका थिए।

आगलागीबाट महिन्द्राको सर्भिसिङ सेन्टरमा रहेका सबै गाडीमा क्षति पुगेको ललितपुर प्रहरी रेन्जका प्रमुखले जानकारी दिए।

ईलेक्ट्रिक सर्ट सर्किट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

“छ वटा गाडीहरु जलेका छन्। तीनवटा मोटरसाइकल, दुई स्कुटर र एउटा मारुती भ्यानमा क्षति पुगेको छ।”, एसएसपी सिद्धिविक्रम शाहले बताए।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *