रिजन ढकालले पाए एनपीएलमा जेको जे फाइभ प्रो

चितवन राइनोजका युवा बलर रिजन ढकालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा कार पाएका छन् ।

उनी एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै जेको जे फाइभ प्रो कार पाएका हुन् । उक्त कार नेपालका लागि ओमोडा जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स उपलब्ध गराएको हो ।

एसपीजीले एनपीएलको पहिलो सिजनदेखि नै प्रतियोगिताकाे सर्वोत्कृष्ट खेलाडीलाई कार उपलब्ध गराउँदै आएको छ । पहिलो सिजनमा दीपेन्द्र सिंह ऐरी र दोस्रोमा रोहित कुमार पौडलले कार पाएका थिए ।

प्रतियोगितामा सर्वाधिक विकेट लिएका ढकालले पल्सर एनएस १६० मोटरसाइकल र २ लाख रुपैयाँ नगद समेत पाएका छन् । उनले प्रतियोगिताभर १७ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *