नुवाकोटका बाढीपीडित परिवारलाई टाटा समूहद्वारा २ हजार स्टिल दराज सहयोग

काठमाडौं । टाटा समूह र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका नुवाकोटका प्रभावित परिवारलाई २ हजार थान स्टिल दराज हस्तान्तरण गरिएको छ।

‘एक टाटा नेपाल न्इीँ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत नेपाल सरकारको मार्गदर्शन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेतीको समन्वयमा उक्त सहयोग उपलब्ध गराइएको हो।

बाढीबाट प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने घरायसी सामग्री सुरक्षित रूपमा भण्डारण गर्न सहज बनाउने उद्देश्यले दराज वितरण गरिएको आयोजकले जनाएको छ। यो सहयोग प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापना तथा जनजीवन सामान्य बनाउन सञ्चालन भइरहेको बृहत् अभियानको एक हिस्सा हो।

दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका ग्रुप चिफ सस्टेनेबिलिटी अफिसर चाको थोमस, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी, वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालियालगायतको उपस्थिति थियो।

त्यस्तै, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीसहित विभिन्न सरकारी निकायका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरू कार्यक्रममा सहभागी थिए।

आवास र घरायसी सामग्री गुमाएका परिवारलाई लक्षित गरी गरिएको यस सहयोगले प्रभावित नागरिकको दैनिक जीवन सहज बनाउन तथा पुनर्स्थापनामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *