नेपाली बजारमा आइसरका बीएस ६ मापदण्डका नयाँ ट्रक र बस सार्वजनिक भएका छन् । नेपालका लागि आइसर ट्रक्स एण्ड बसको आधिकारिक बिक्रेता बतास एमएडब्लू कमर्सियलले बीएस ६ मापदण्ड अनुरूपका नयाँ ट्रक र बस सार्वजनिक गरेको हो ।
आइसरको नयाँ गाडीले विश्वस्तरको उत्सर्जन मापदण्ड पूरा गरेका छन् । यी गाडी आइसरको अत्याधुनिक ईयूटेक ६ प्रविधिमा आधारित छ । बीएस ६ प्रविधिमा १५ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञतामा आधारित ईयूटेक ६ प्रविधिले इन्धन किफायती इन्जिन तथा उन्नत ‘एग्जस्ट आफ्टर ट्रीटमेन्ट सिस्टम’ (ईएटीएस) लाई एकीकृत गरेको छ।
यसले उच्च टर्क, सहज ड्राइभिङ अनुभव तथा उत्कृष्ट इन्धन दक्षता प्रदान गर्नुका साथै विभिन्न व्यावसायिक प्रयोजनमा भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्न सहयोग पुर्याउँछ । यसबाट ग्राहकहरूले संचालन खर्च घटाउँदै उत्पादकत्व वृद्धि गर्न सक्नेछन्।
आइसरको अत्याधुनिक ईयूटेक ६ प्रविधिमा आधारित नयाँ रेन्जले उत्कृष्ट इन्धन दक्षता, भरपर्दो कार्यसम्पादन र उच्च उत्पादकत्व प्रदान गर्ने कम्पनीले जनाएको छ ।
आइसरका प्रमुख उत्पादनमध्ये प्रो २०००, प्रो ३००० र प्रो ६००० सिरिजका ट्रकहरू अत्याधुनिक ईयूटेक ६ प्रविधिमा आधारित छन् । ५ टनदेखि ५५ टनसम्मको जीभीडब्लू क्षमतामा उपलब्ध यी ट्रकहरूले उत्कृष्ट इन्धन दक्षता, भरपर्दो कार्यसम्पादन तथा उच्च उत्पादकत्व प्रदान गर्ने लक्ष्य राखेका छन्।
त्यस्तै, बसतर्फ आइसरको स्टारलाइन र स्काइलाइन रेन्ज उपलब्ध छन्, जसमा २५ देखि ७० जनासम्म यात्रु क्षमताका बसहरू समावेश छन्। सार्वजनिक गरिएको नयाँ रेन्जले यातायात तथा व्यावसायिक संचालनका विभिन्न आवश्यकतालाई समेटेको छ ।
संचालन दक्षता वृद्धि गर्नुका साथै चालकको आराम र सुरक्षालाई प्राथमिकता दिएर डिजाइन गरिएका यी सवारीसाधनमा विभिन्न अत्याधुनिक सुविधाहरू समावेश छन् । एम बुस्टर प्लसले गाडीमा रहेको भार अनुसार तीनवटा पावर मोड उपलब्ध गराउँछ ।
फ्युल कोचिङ सुविधाले वास्तविक समयमा ड्राइभिङसम्बन्धी मार्गदर्शन प्रदान गरी इन्धन दक्षता सुधार गर्न सहयोग गर्छ। त्यस्तै, क्रुज कन्ट्रेल सुविधाले विशेषगरी लामो दूरीको यात्रामा चालकलाई सहजता प्रदान गर्छ। यी प्रविधिहरूले इन्धन बचत, चालकको सहजता तथा व्यावसायिक उत्पादकत्वमा केन्द्रित कमर्सियल भेहिकल उपलब्ध गराउने आइसरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छन्।
कम्पनीले नयाँ गाडी लन्चको अवसरमा १६ जना ग्राहकलाई सवारी हस्तान्तरण गरेको थियो । साथै, विभिन्न सेग्मेन्टका थप ३४ वटा सवारीसाधन बुकिङ भएका छन् । कम्पनीका अनुसार बुकिङ भएका सवारीसाधनमध्ये १७ वटा लाइट तथा मिडियम ड्युटी, ४ वटा स्कुल बस, ४ वटा हेभी कमर्सियल बस र ९ वटा हेभी ड्युटी ट्रक रहेका छन्।
बतास एमएडब्लु कमर्सियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्ता राज बातासले ग्राहकहरूबाट प्राप्त उल्लेखनीय बुकिङले आइसरप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गर्ने बताए ।