नाडाले बाढी प्रभावित व्यवसायी तथा सदस्यलाई आवश्यक सहजीकरण गर्ने

गत भदौ महिनामा रसुवा भोटेकोशीमा आकास्मिक रुपमा आएको बाढी तथा डुबानबाट प्रभावित देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसगँ सम्बन्धित पर्वूाधारमा ठूलो क्षति पुगेको प्रति नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

नाडाले यस दुःखद घडीमा आफ्ना सम्पूर्णं सदस्य र ब्यवसायीहरुको साथमा रहेको जानकारी गराउँदै यस कठिन परिस्थितिमा प्रभावित व्यवसायी तथा सदस्यहरूलाई आवश्यक सहजीकरण तथा समन्वय गर्ने जनाएको हो ।

नाडाले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय र अन्य सरोकारवाला निकायसँग आवश्यक पहल गर्ने काम सुरु गरिसकेको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतिले जानकारी गराए । यसका लागि बाढी तथा डुबानबाट प्रभावित नाडाका सदस्य कम्पनीहरूलाई आफ्नो क्षतिको यथार्थ तथा प्रमाणित विवरण नाडा सचिवालयमा उपलब्ध गराउन उनले अनुरोध गरेका छन ।

त्यसैगरी प्रभावित व्यवसायी तथा सदस्यहरूले बाढी तथा डुबानबाट क्षति भएका सवारीसाधनको विवरण, हराएका वा सम्पर्कविहीन सवारीसाधनको विवरण, सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाकाको विवरण, सवारीसाधनको सख्या, प्रकार तथा उपलब्ध पहिचान विवरण, गादोम, कार्यालय तथा अन्य भौतिक सरंचनामा भएको क्षतिको विवरण, बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनको विवरण, बीमा दाबीका लागि आवश्यक कागजात तथा विवरण, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण, अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण बुझाउन पनि नाडाको अनुरोध छ । नाडाले प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरणका लागि पहल गर्ने जनाएको छ ।

विशेषगरी क्षतिको समग्र विवरण संकलन तथा अभिलेखीकरण गर्ने र बीमा दाबी प्रक्रियालाई शीघ्र र सहज बनाउन सम्बन्धित बीमा
कम्पनीसँग समन्वय गर्ने र भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गर्ने काममा नाडाले पहल गर्ने उललेख गरिएको छ ।

त्यसैगरी प्रभावित व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको पर्नुसंरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने नाडाको योजना छ। साथै सरकार तथा सम्बन्धित सरोकारवाला
निकायसमक्ष अटोमोबाइल क्षेत्रले व्यहोरेको क्षतिको समग्र विवरण प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने र यस कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नाडाले आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित सदस्यहरूको समस्या सम्बन्धित निकायसम्म पु¥याउने र समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ ।

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले यस कठिन परिस्थितिमा आफ्ना सदस्य व्यवसायीहरूसँगै रहेको जानकारी
गराउँदै, प्रभावित सबै सदस्यहरूलाई यथार्थ क्षतिको विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराई आवश्यक समन्वय तथा
सहजीकरणमा सहयोग पु¥याई दिन अनुरोध पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *