काठमाडौं । दसैँलाई लक्षित गर्दै नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दसैँको दक्षिणा’ नामक योजना ल्याउँदै ग्राहकलाई स्कुटर खरिदमा विभिन्न सुविधा उपलब्ध गराउने भएको हो ।
योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने हरेक ग्राहकले Honor X5 Play स्मार्टवाच प्राप्त गर्नेछन् । साथै, ग्राहकले आफूले रोजेको खरिद विधिअनुसार थप लाभ लिन सक्नेछन् ।
नगदमा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको क्यास बेनिफिट पाउनेछन् । त्यस्तै, पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बेनिफिट पाउने कम्पनीले जनाएको छ ।
फाइनान्समार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि पनि कम्पनीले सुविधा ल्याएको छ । त्यस्ता ग्राहकलाई १० प्रतिशतसम्मको सर्भिस चार्ज सुविधा उपलब्ध गराइने जनाइएको छ ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोका अनुसार दसैँ नेपाली संस्कृति, परम्परा र आपसी सद्भावसँग जोडिएको विशेष पर्व भएकाले ग्राहकसँगको सम्बन्धलाई थप मजबुत बनाउन ‘दसैँको दक्षिणा’ योजना ल्याइएको हो ।
कम्पनीका अनुसार योजनामा भेस्पा र अप्रिलियाका विभिन्न मोडल समावेश छन् । ग्राहकले आफ्नो आवश्यकता र भुक्तानीको तरिकाअनुसार नगद, एक्सचेन्ज वा फाइनान्सिङमध्ये उपयुक्त विकल्प रोज्न सक्नेछन् ।
दसैँ अवधिभर लागू हुने यो योजनाअन्तर्गत उपलब्ध मोडल, अफर तथा अन्य सुविधाबारे ग्राहकले डेल्टा अटोकर्पको आधिकारिक डिलर नेटवर्कमार्फत जानकारी लिन सक्नेछन् ।
यस योजनाले दसैँको समयमा भेस्पा वा अप्रिलियाको नयाँ स्कुटर खरिद गर्ने ग्राहकलाई स्मार्टवाचसँगै नगद, एक्सचेन्ज तथा फाइनान्सिङमा अतिरिक्त लाभ लिन सक्ने अवसर दिने कम्पनीले जनाएको छ।