रसुवा सडक जोड्ने वैकल्पिक सडक आंशिक रूपमा बन्द हुने

रसुवा जिल्लालाई सडक सञ्जालसँग जोड्ने वैकल्पिक सडक आंशिक रूपमा बन्द हुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय, रसुवाले एक सूचना जारी गर्दै वैकल्पिक रूपमा संचलनमा ल्याइएको सडक जिरोकिलो-अम्बास-भोर्ले-पाच्याङ-घिचेत-पाटीखर्क-सरमथली-लच्याङ-छाप-नर्जा-बाहुनवेशी र बिदुर-चोगते-बोरेभञ्ज्याङ- लच्याङ-सरमथली-पाटीखर्क-घिचेत-पाच्याङ-अम्बास-जिरोकिलो सडक अर्को सूचना जारी नभएसम्म आंशिक रूपमा बन्द हुने जानकारी गराएको हो ।

प्रशासनका अनुसार यी सडक मर्मत सम्भार गर्नुपर्ने भएकाले दैनिक निश्चित समय सवारी आवागमन हुनेरी गरी आंशिक बन्द गरिएको हो । अत्यधिक सवारी चापका कारण गाडीहरू फस्ने र पहिरो खस्ने जस्ता समस्या आई पटक-पटक बाटो अबरुद्ध हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सडक तत्काल मर्मत गर्न लागिएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार यी सडक दैनिक बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म र दिउँसो २:०० बजेदेखि ५:०० बजेसम्म बन्द हुने भएको हो ।मर्मत कार्य अवधिभर तोकिएको समयमा सवारी साधन संचालन नगर्न र आवश्यक सहयोग गर्न सर्वसाधारण तथा सवारी चालकहरूमा अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *