भी ६ इन्जिन हटाउदैं टोयोटाले ल्यायो ल्याण्ड क्रुजरमा ठूलो परिवर्तन

जापानी कार निर्माता टोयोटाले आफ्नो फ्ल्यागशिप एसयूभी ल्याण्ड क्रुजर एलसी ३०० को २०२७ मोडलमा ठूलो परिमार्जन ल्याएको छ । कम्पनीले आगामी सेप्टेम्बर १६ तारिखमा नयाँ ल्याण्ड क्रुजर एलसी ३०० सार्वजनिक गर्ने तयारी गरेको हो ।

नयाँ ल्याण्ड क्रुजरबाट चर्चित भी ६ इन्जिन हट्ने भएको छ । कम्पनीले पहिलो पटक एलसी ३०० एसयूभीमा लेक्सस एलएक्स ७०० एचमा प्रयोग भएको आई फोर्स म्याक्स हाइब्रिड सिस्टम दिन लागेको हो । उक्त हाइब्रिड सिस्टमसँग ट्वीन टर्बो ३.५ लिटर भी ६ पेट्रोल इन्जिन पनि रहने छ । कम्पनीले यसमा १० स्पीड अटोमेटिक गियरबक्स दिएको छ ।

नयाँ इन्जिनको संयुक्त पावर ४७५ एचपी छ भने पीकटर्क ७९० न्यूटन मिटर रहेको छ । पावरका हिसाबले यो अहिलेसम्मकै शक्तिशाली एलसी ३०० हुनेछ ।

हाइब्रिड टेक्नोलोजीका कारण ल्याण्ड क्रुजरको तौल पहिलेभन्दा १७० किलोग्राम बढ्ने छ । ब्याट्री प्रयोग भएको कारण इन्धन ट्यांकीको क्षमता ८० लिटरबाट घटाएर ६८ लिटरमा झारिएको छ । ब्याट्री प्याकलाई सुरक्षित बनाएर टोयोटाले नयाँ ल्याण्ड क्रुजरको वाटर वेडिङ क्षमता ७०० एमएम कायम राखेको छ ।

जापानी बजारमा हाइब्रिड ल्याण्ड क्रुजरको जेडएक्स र जीआर स्पोर्ट भेरियन्ट बिक्रीको लागि उपलब्ध हुनेछ । कम्पनीले यी भेरियन्टमा १२.३ इन्चको डिजिटल स्क्रीन, १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम, हेडअप डिस्प्ले, जेबीएलको अडियो सिस्टम, भेन्टिलेटेड र हिटेड सिट र १५०० वाटको एसी आउटलेट पाउन सकिन्छ ।

डिजेल अप्सन ल्याण्ड क्रुजर एलसी ३०० मा भने ३.३ लिटरको ट्वीन टर्बो भी ६ इन्जिनले निरन्तरता पाउने छ । यसको अधिकतम पावर ३०४ एचपी र टर्क ७०० न्यूटन मिटर रहने छ । जापानमा यसको सुरूवाती भेरियन्टको मूल्य ३९ हजार ५०० अमेरिकी डलर रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *