काठमाडौंबाट हेटौंडा जाने सडकमा सवारी चाप बढ्दै

नागढुंगा मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिरमा सडक पूरै बगेपछि वैकल्पिक सडकमा सवारी साधनको चाप बढ्दै र्गएको छ ।

कृष्णभीरमा नदी कटानले सडक बगाएपछि सवारी साधनहरु वैकल्पिक सडक हुँदै काठमाडौं आउजाउ गर्न थालेका हुन् । जसकारण ती सडकहरुमा सवारी चाप बढ्दै गएको हो ।

अहिले मकवानपुर हुँदै काठमाडौं जाने सडक खण्डमा सवारीसाधनको चाप बढेको छ । कान्ति लोकपथ, काठमाडौं देउराली हेटौंडा र त्रिभुवन राजपथमा सवारी चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । साथै, गल्छी(कल्लेरीटार(सुनौलोबजार(धादिङबेसी(आरुघाटबाट सडकमा पनि सवारी चाप बढेको छ ।

सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले ६ बुँदे निर्देशन नैै जारी गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँतर्फको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ ।

कुनै पनि राजमार्गमा सवारी चालकहरूले धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्ने, ओभरटेक नगर्ने तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीरट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *