कृष्णभीरमा सडक भासियो, मुग्लिन–काठमाडौं रुट बन्द

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार केही समयअघि कृष्णभीरमा सडक भासिएको हो।

सडक भासिएसँगै पृथ्वी राजमार्गको उक्त खण्डबाट सवारीसाधन आवागमन गर्न नसक्ने अवस्था बनेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *