यामाहाले नाडामा सार्वजनिक गर्दै नयाँ भेरियन्ट, एरोक्स १५५ एसदेखि आर१५ एमसम्म

काठमाडौं । यामाहाले नाडा अटो शो २०२६ मार्फत नेपाली बजारमा आफ्ना नयाँ भेरियन्टहरू सार्वजनिक गर्ने भएको छ । नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीको आधिकारिक वितरक एमएडब्ल्यू राइड्स प्रालिले विभिन्न शैली र आवश्यकता भएका राइडरलाई लक्षित गर्दै एरोक्स १५५ एस, फ्यासिनो एस तथा डिस्क र आर१५ का नयाँ भेरियन्ट प्रदर्शन गर्न लागेको हो ।

नयाँ लाइनअपमा स्पोर्टी स्कुटरदेखि स्टाइलमा केन्द्रित हाइब्रिड स्कुटर र प्रदर्शनमुखी मोटरसाइकलसम्म समेटिएका छन् । यसले यामाहाको नेपाली बजारमा रहेको उत्पादन दायरालाई थप विस्तार गर्ने कम्पनीको भनाइ छ ।

यामाहाको एरोक्स १५५ एस प्रदर्शन र स्पोर्टी राइडिङ मन पराउने ग्राहकलाई लक्षित गरिएको छ । १५५ सीसी इन्जिन, स्पोर्टी डिजाइन तथा किलेस प्रविधि रहेको यो स्कुटरले स्कुटरको व्यावहारिकतालाई मोटरसाइकलजस्तो राइडिङ अनुभवसँग जोड्ने प्रयास गरेको छ ।

किलेस फिचरका कारण चाबी प्रयोग नगरी इन्जिन स्टार्ट गर्न सकिनेछ । दैनिक आवागमनमा सहजता कायम राख्दै स्पोर्टी अनुभव खोज्ने राइडरलाई लक्षित गरी एरोक्स १५५ एस ल्याइएको कम्पनीले जनाएको छ ।

त्यस्तै, यामाहाले फ्यासिनो एस हाइब्रिड र फ्यासिनो डिस्क हाइब्रिड भेरियन्ट पनि सार्वजनिक गर्ने भएको छ । आकर्षक डिजाइनसँगै दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिकता र आरामलाई प्राथमिकता दिइएका यी स्कुटरले व्यक्तिगत शैलीअनुसारको विकल्प खोज्ने ग्राहकलाई लक्षित गर्नेछन् ।

यामाहाको चर्चित आर सिरिजअन्तर्गत आर१५ एस र आर१५ एम का नयाँ भेरियन्टसमेत नाडा अटो शोमा प्रस्तुत हुनेछन् । ‘नयाँ आर इन्स्टिंक्ट’को अवधारणामा आधारित यी भेरियन्टले स्पोर्टी मोटरसाइकल र बलियो रोड प्रेजेन्स चाहने राइडरलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नाडा अटो शो नेपाली राइडर समुदायसँग जोडिने महत्वपूर्ण मञ्च भएको बताएका छन् । उनका अनुसार नयाँ भेरियन्टमार्फत प्रदर्शन, प्रविधि, स्टाइल र व्यक्तिगत रोजाइलाई ध्यानमा राखिएका विभिन्न विकल्प ग्राहकसमक्ष ल्याउन लागिएको हो ।

एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपाली राइडरको बदलिँदो रुचिअनुसार यामाहाले आफ्ना उत्पादन विस्तार गर्दै आएको बताए । एरोक्स १५५ एस, फ्यासिनो हाइब्रिड र आर१५ का नयाँ भेरियन्टले यामाहाका उत्पादनको फरक–फरक पक्षलाई प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।

नाडा अटो शो २०२६ मा यी नयाँ भेरियन्टलाई प्रत्यक्ष अवलोकन गर्न सकिनेछ । आगन्तुकले यामाहाको स्टलमा पुगेर नयाँ मोडलका डिजाइन, फिचर तथा राइडिङ अवधारणाबारे जानकारी लिन सक्नेछन् ।

नयाँ भेरियन्टको आगमनसँगै यामाहाले नेपाली दुईपाङ्ग्रे बजारमा प्रदर्शन क्षमता, आधुनिक प्रविधि र स्टाइललाई प्राथमिकता दिने आफ्नो उत्पादन रणनीतिलाई थप विस्तार गर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *