काठमाडौं । नाडा अटो शो २०२६ लाई लक्षित गर्दै भेस्पा र अप्रिलियाले ग्राहकका लागि विशेष बचत योजना ल्याएका छन् । नेपालका लागि यी दुई ब्रान्डको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ नामक योजना सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत नाडा अटो शोमा भेस्पा वा अप्रिलियाका स्कुटर खरिद अथवा बुकिङ गर्ने ग्राहकले २८ हजार ५०० रुपैयाँसम्मका विभिन्न लाभ प्राप्त गर्न सक्नेछन् । खरिदमा भेस्पा तथा अप्रिलियाका विशेष ल्यापटप ब्यागलगायतका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ ।
विशेष योजना नगद खरिदमा मात्र सीमित छैन । ग्राहकले फाइनान्स तथा एक्सचेन्जमार्फत स्कुटर खरिद गर्दा पनि यो अफरको लाभ लिन सक्नेछन् ।
नाडा अटो शोमा डेल्टा अटोकर्पले भेस्पाका लागि छुट्टै इटालियन क्याफे–थिम तयार गरेको छ । स्कुटरको प्रदर्शनीसँगै आगन्तुकलाई भेस्पाको जीवनशैली र इटालियन डिजाइनको अनुभव दिलाउने उद्देश्यले स्टललाई क्याफे शैलीमा सजाइएको कम्पनीले जनाएको छ ।
प्रदर्शनीमा भेस्पा र अप्रिलियाका नयाँ मोडलसमेत राखिएका छन् । अप्रिलियातर्फ स्टर्म १२५, एसआर १६० र एसआर १७५ एचपी.ई. प्रदर्शनमा छन् । त्यस्तै, भेस्पाले जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ मोडललाई नाडा अटो शोमा प्रस्तुत गरेको छ ।
भेस्पाले आफ्नो नयाँ रंग विकल्पलाई समेत प्रदर्शनीमार्फत सार्वजनिक गरेको छ । भेस्पा १२५ अब लाइलक रंगमा तथा भेस्पा एस १२५ ओरो रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ रंगले भेस्पाको परम्परागत इटालियन डिजाइनलाई थप नयाँ स्वरूप दिने अपेक्षा गरिएको छ ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नाडा अटो शोमार्फत भेस्पा र अप्रिलियाका नयाँ उत्पादन नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा उत्साहित रहेको बताएका छन् । उनका अनुसार अप्रिलिया एसआर १७५ एचपी.ई.मा प्रविधि र प्रदर्शन क्षमताको संयोजन गरिएको छ भने नयाँ रंगका भेस्पा मोडलले ग्राहकलाई थप विकल्प प्रदान गर्नेछन् ।
कम्पनीले नाडा अटो शोमा ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ र क्याफे–थिमको अनुभवमार्फत प्रिमियम इटालियन स्कुटरप्रतिको ग्राहकको अनुभवलाई थप आकर्षक बनाउने लक्ष्य राखेको जनाएको छ ।
भेस्पा र अप्रिलियाको स्टल टीडब्ल्यूई–११ मा रहेको छ । नाडा अटो शोमा सहभागी ग्राहकले उक्त स्टलमा पुगेर नयाँ मोडल अवलोकन गर्नुका साथै विशेष योजनाबारे जानकारी लिन र खरिद वा बुकिङ गर्न सक्नेछन् ।