नाडा विशेष योजनामा जेइको जे५ प्रो, ४७ लाख ९९ हजारमै किन्न पाइने

काठमाडौं । नेपालमा जेइको तथा ओमोडाका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइको जे५ प्रोमा विशेष योजना सार्वजनिक गरेको छ । ‘नाडा विशेष योजना’अन्तर्गत प्रिमियम विद्युतीय एसयूभी जेइको जे५ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने भएको छ ।

ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले यसअघि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ल्याएको अफरलाई निरन्तरता दिएको जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।

जेइको जे५ प्रोमा ५०.७ किलोवाट आवरको ब्याट्री र १५५ किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । एसयूभीमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ, जसले नेपाली सडकको विविध अवस्थाका लागि यसलाई उपयोगी बनाउने कम्पनीको दाबी छ ।

प्रविधितर्फ जे५ प्रोमा १९ भन्दा बढी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सुविधा उपलब्ध छन् । यसका साथै पानोरामिक मुनरुफ र ४८० लिटर क्षमताको बुट स्पेसले गाडीलाई आरामदायी र दैनिक प्रयोगका लागि व्यावहारिक बनाउने कम्पनीले जनाएको छ ।

नेपाली सडकलाई ध्यानमा राख्दा पूर्ण आकारको स्पेयर टायरको उपलब्धता पनि यसको अर्को व्यावहारिक पक्ष हो । कम्पनीका अनुसार यसले लामो दूरीको यात्रा तथा विभिन्न भौगोलिक अवस्थाबाट हुने यात्रामा चालकलाई थप सहजता प्रदान गर्नेछ ।

जेइको जे५ ले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो बिक्री प्रदर्शन गरेको कम्पनीको भनाइ छ । थाइल्यान्ड र इन्डोनेसियामा यो लोकप्रिय विद्युतीय एसयूभीका रूपमा स्थापित भएको जनाइएको छ । प्रदर्शन, प्रविधि, उपयोगिता र मूल्यको संयोजनका कारण अन्तर्राष्ट्रिय बजारमा यसको माग बढेको कम्पनीले जनाएको छ ।

स्वामित्वलाई थप सहज बनाउन जे५ प्रोमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराइएको छ । लामो अवधिको वारेन्टीले ग्राहकलाई सवारीको दीर्घकालीन प्रयोगमा थप विश्वास दिलाउने कम्पनीको अपेक्षा छ ।

उच्च क्षमताको विद्युतीय मोटर, ५०.७ किलोवाट आवर ब्याट्री, प्रिमियम डिजाइन, एडीएएस प्रविधि र एसयूभीको व्यावहारिकतालाई एकैसाथ प्रस्तुत गर्ने लक्ष्य जेइको जे५ प्रोले लिएको छ । विशेषगरी प्रिमियम विद्युतीय एसयूभीमा अपग्रेड हुन चाहने ग्राहकलाई लक्षित गरी यो मोडललाई अघि सारिएको कम्पनीले जनाएको छ ।

नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला नाडा विशेष योजनामार्फत जे५ प्रोको मूल्यलाई थप आकर्षक बनाइएको कम्पनीको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा प्राप्त सफलता र ग्राहककेन्द्रित वारेन्टी प्याकेजका कारण नेपाली बजारमा समेत जेइको जे५ प्रोको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *